बुधबार शेयर बजारमा रातो सुची

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताको चौथो दिन बुधवार निकै घटेको छ । बुधवार नेप्से सबै रातो सुचीमा सिमित रहेको छ । मंगलबार सुधार आएको नेप्से परिसूचक बुधबार भने ४.७९ अंकले घटेर ११७२.३० बिन्दुमा पुगेको हो ।

नेप्से घट्दा १९ करोड २१ लाखको कारोबार भएको छ । बुधबार १ सय ६३ कम्पनीका ६ लाख ४ हजार ४३८ कित्ता शेयर किनबेच भएका छन् । बुधबार बैंकिङ समूह २.४८, होटल समूह २।२६, विकास बैंक समूह ७.९७, जलविद्युत समूह ७.९५, फाइनान्स समूह २.१२, निर्जिवन समूह २८.४, उत्पादनमुलक समूह १७.०६, अन्य समूह ४.५, माईक्रोफाईनान्स समूह ९.६३ र जीवन बिमा ३८.१८ अंकले घटेर रातो सुचीमा रहेको छ ।

आज सबैभन्दा धेरै नेपाल ईन्भेस्टमेन्ट बैंक कम्पनीले १ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच गरेको छ । एनगडी ग्रुप पावर कम्पनीका लगानीकर्ताहरुले ४.१४ प्रतिशत फाईदा कमाएका छन् भने कालिका माईक्रोक्रेडिट विकास बैंक कम्पनीका लगानीकर्ताहरुले ५.१६ प्रतिशतले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *