डोजर दुर्घटनामा परी दुईको मृत्यु

सिन्धुली । सिन्धुली को कमलामाई नगरपालिकामा डोजर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा बुधबार डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा मृत्यु हुनेमा डोजरका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकामा अहिले सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएको छ ।

डाँडीगुराँसे आउने क्रममा तीव्र गतिमा रहेको डोजर सडकबाट करीव २५ फिट तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *