रौतहट । गएको शनिवार भएको डुंगा दुर्घटनामा हराइरहेका पाँचै जनाको शव फेला परेको छ । शनिवार साँझ टिकुलियाघाट स्थित लालबकैया नदीमा निमार्ण हुँदै गरेको पुलको पिलरमा डुंगा ठोक्किएर डुंगा दुर्घटना हुँदा ५ जना हराएका थिए ।
हराएकाहरुमध्ये गौर ४ टिकुलियाकी ६५ वर्षीया शान्तिदेवी साह र इशनाथ नपा औरयाटोलकी ३५ बर्षिया रुनादेवी पटेल र गौर ४ की १० वर्षीया वालिका उषमा पटेल र १९ बर्षिय ओमप्रकाश चन्द्रबंशीको शव भारतको शिवहर जिल्लास्थित जमुवाघाटमा फेला परेको थियो ।
बुधवार भारतको शिवहर जिल्लास्थित नदीमा रौतहट गौरकी इन्दुदेवी कुर्मीको शव फेला परेको छ । बुधवार गौरकी ४५ वर्षीया कुर्मीको शव भारतको शिवहर जिल्लास्थित बेलाघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।