छात्रामाथि दुर्व्यवहार गर्ने प्रिन्सिपल पक्राउ

  • प्रिन्सिपलले ‘रातको १२ बजे होस्टेलमा सुतिरहेको बेलामा पीडितलाई  एकान्त कोठामा बोलाउने र घन्टौसम्म कोठामै राखेर गोप्य अंगहरु छुने गरेको पीडितले  बताएकी छिन् ।

बुटवल/शिव डुम्रे – पछिल्लो समय नेपालमा महिलामाथि हुने हिंसा कम हुनुको साटो झनै बढिरहेको छ । शिक्षा प्रदान गर्ने स्कुलहरुमै यस्ता व्यवहारहरु उत्पन्न हुन थालेका छन् । बुटवलको एक बोर्डिङ्ग स्कुलका प्रिन्सिपलले आफ्नै स्कुलमा पढ्ने छात्राहरुमाथी बलात्कारजन्य व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

बुटवल न।पा। ११, नहरपुरस्थित ज्ञानकुन्ज सेकेण्डरी बोर्डिङ्ग स्कुलका प्रिन्सिपल तोयाराम पौडेलले विद्यालका छात्राहरुलाई यौन जन्यव्यवहार गरेका छन् । छात्राले प्रिन्सिपलको व्यवहारका बारेमा अभिभावकलाई सुनाएपछि विद्यार्थीलाई होस्टेलमाबाट घर लगिएको छ । प्रिन्सिपलले कक्षा १० मा अध्ययनरत एक छात्रालाई एकान्तमा बोलाएर गोप्य अंगहरु छुने गरेको पिडीत छात्राले बताएकी छिन् ।

प्रिन्सिपलले ‘रातको १२ बजे होस्टेलमा सुतिरहेको बेलामा पीडित छात्रालाई एकान्त कोठामा बोलाउने र घन्टौसम्म कोठामै राखेर गोप्य अंगहरु छुने गरेको बताएकि छिन् । छात्राले रातको १२ बजे एउटा विद्यार्थी र प्रिन्सिपलविच के कुरा हुन्छ भन्दे प्रतिप्रश्न समेत गेरकी छिन् । नियमित रुपमा अध्ययन गर्ने निकै मेधावी बैनीको पढाई एकाएक विग्रिएपछि बैनीलाई सोध्ने क्रममा उनका दाजुले  बैनिसँग कुराकानी गरे पछि घटनाको बारेमा खुलासा भएको हो । परिवारमा यस्तो कुराकानी विश्वास नगर्ने भएपछि दाजुले नै परिवारलाई यस्तो कुरा सुनाए ।

प्रिन्सिपल तोयानाथ रिजा विद्यालय नआएपछि घरमै आएर पीडित छात्राको बुवालाई गल्ती भएको भन्दै यस्तो कुरा छलफल गरेर मिलाउन भनेका थिए । तर बुवाले आफूहरु विद्यालयमै आएर नानीलाई राखेर कुराकानी गर्ने भनेपछि बुधबार विहान १० बजे विद्यालयमा पुगेका अभिभावकहरुसँग भागेर प्रिन्सिपल फरार भएका थिए ।

अरु बालबच्चाहरुलाई पनि यस्तै यौनजन्य शोषण गर्ने गरेको अभिभावकहरु बताउँछन्, बोल्दा आफ्ना बच्चाहरुको ईज्जत तथा भविष्यमा असर पर्ने भन्दै धेरै अभिभावकहरुले मुख खोल्न नचाहेको बताउँछन् । कतिपय विद्यार्थीहरुलाई असामान्य व्यवहार गर्ने, कतिपयलाई असह्य हुनेगरी पिट्ने तथा विभिन्न खाले शोषणहरु गर्ने गरेको कतिपय अभिभावक बोलाउँछन्, शैक्षिक प्रमाणपत्रमा समेत प्रश्न उठाउँदै अभिभावकले शिक्षकले नै विद्यार्थीहरुलाई यस्तो क्रियाकलाप गरेपछि विद्यार्थीले कस्तो शिक्षा लिन्छ ? प्रतिप्रश्न गर्छन् ।

यसभन्दा अगाडी पनि केही यस्ता केशहरु भएका थिए, तर गुपचुपमा पैसाको बार्गेनिङ्ग गरेर केशहरु साम्य पारेको अभिभावकहरु बताउँछन् । अहिले प्रिन्सिपललाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ ।

(गोपनियताको कारणले पीडित छात्राको नाम हटाइएको छ – सम्पादक)

प्रिन्सिपल तोयाराम पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *