काठमाडौं । कालिमाटी बिष्णुमती पुलमा दुर्घटना भएको छ । दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ। बा।३४ प ५४१५ नम्बरको मोटरसाइकल र ना।४ ख २९४८ नम्बरको ट्याङ्कर ठक्कर खाई दुर्घटना हुँदा मृत्यु भएको हो । मृत्यु हुनेमा दोलखा क्षेत्रपा गाउँपालिका–८ घर भई हाल काठमाडौंको सितापाइला बस्ने ३२ बर्षीया बबिता थापाको रहेकी छिन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो। दुबै सवारी साधन र दुबै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।