त्रिशुलीमा ट्रक खस्यो, एकजनाको मृत्यु

धादिङ । त्रिशूली नदीमा ट्रक खसेको छ । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक मंगलबार राति त्रिसुलीमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् ।

भुजेलको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तीन जनालाई उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *