बाबुद्वारा १२ वर्षीया छोरी बलात्कृत

म्याग्दी । म्याग्दीमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा ५३ वर्षीय आफ्नै बाबुले १२ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका अनुसार बाबु बाटै बलात्कृत भएको प्रहरीले जनाएको हो ।

गत शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेको भन्दै घटनाको उजुरी परेपछि इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले विक थरका ती व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाइ रहेको बताएको छ ।

कोहलपुरमा ६ वर्षीया बालिका बलात्कृत

बाँके । कोहलपुरमा ६ वर्षीया बालिका बलात्कारमा परेकी छिन् । कोहलपुर नगरपालिका–१ की ६ वर्षीया बालिकालाई १९ वर्षीय युवकले बलात्कार गरेका प्रहरीले जनाएको हो ।

कोहलपुरमा किराना पसल गर्दै आएकी बालिकाकी आमालाई बालिकालाई घरमा पु(याइदिन्छु भन्दै लगेर भारत उत्तर प्रदेश घर भई कोहलपुर–४ मा डेरा लिई बस्दै आएका १९ वर्षीय हरून खानले मंगलबार दिउँसो बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुर ले जनाएको छ ।

किराना पसलमा रहेकी बालिकालाई खानले साइकलमा राखेर आफ्नो घरमा लगेर बलात्कार गरेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *