धनकुटामा बस दुर्घटना, १७ जना घाइते



धनकुटा । धनकुटामा बस दुर्घटना भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा बुधबार बिहान बस दुर्घटना भएको हो ।


सुनसरीको इनरुवाबाट धनकुटाको नमस्ते झरना अवलोकनको लागि ३५ जना सवार को। १ ख। ३५८३ नम्बरको बस ब्रेक फेल भएर साँगुरीगढी गाउँपालिका–६ स्थित कोलबोटेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोे प्रहरीले जनाएको छ ।।

नाम र ठेगाना खुल्न नसकेका सबै घाइतेको उपचार धरान स्थीत विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *