भारतको पुणेमा नेपाली महिलाद्वारा आत्महत्या

काठमाडौँ । पछिल्लो समय नेपालमा महिलामाथि हुने हिंसा कम हुनुको साटो झनै बढिरहेको छ । यो हिंसाको चपेटाबाट नेपाल मात्र नभई विदेशमा रहेका नेपाली महिलासमेत अछुतो रहन सकेका छैनन् । यस्तै घटनाको शिकार मजदुरीका लागि भारत पुगेकी अछामकी पबित्रा ढुंगाना भएकी छिन् । श्रीमानबाट हुदै आएको दुव्र्यवहारका कारण भारतको पुणेमा सपरिवार बस्दै आएकी पबित्राले आत्महत्या गर्नु परेको छ । आत्महत्या गर्नू अगाडि उनले आफ्ना तीन छोराछोरीका लागि अन्तिम अडियो सन्देश रेकर्ड गरेर आत्महत्या गरेकी हुन् ।

अछामको मंगलसेन–७ की ४० वर्षीय पवित्रा ढुंगानाले आफूलाई श्रीमानले विभिन्न किसिमका यातना दिदै आएका कारण आत्महत्या गर्नुपरेको अडियो रेकर्डमा बताएकी छिन् ।
कैलालीमा अस्थायी बसोबास भएकी पबित्रा हाल भारतको पुनेमा आफ्ना तीन छोराछोरीर श्रीमानसँग बस्दै आएकी थिइन् । पबित्राले छोराछोरी स्कूल गएको मौका छोपी आत्महत्या गरेकी हुन् ।
उनले अडियोमा आफू मर्नुको कारण बताउँदै भनेकी छिन्, “मलाई बस्न र खान नदिएकै कारण कारण छोरा म मर्छु, के गरुँ मलाई सारै भयो । भाइ मामाको खोजी गएको छ, राम्रोसँग हेर्नु । मलाई बाच्न नदिएरै मर्दैछु । त्यसको ९श्रीमान० पछाडी नजानु, मामाको घरमा जानु, राम्ररी बस्नु, साँझ आउनु मेरो लाश हेर्नु” पवित्राले अडियोमा भनेकी छन् । आफूले जन्माई दिएको र यो भन्दा बढी केही गर्न नसक्ने भन्दै काम गरेर खानु तर कसैको पनि चोरेर नखानु भनेकी छिन् ।


“भाई मामाको खोली गएको छ । तँ १३ वर्षको भइहालीस् । भाइलाई नहान्नु, ठूलो बनाउनु । मलाई रात दिन बस्न(खान नदिएर मरेकी हुँ बाबु, मेरो बेइजत भयो । मैले जन्म दिए, भात(दाल पकाएर खुवाए, त्यति मात्रै हो बाबु । अरु पनि धेरै टुहुरा बच्चाहरु छन् । काम गरेर खानू, कसैको चोरेर नखानू । मैले कसैको एक रुपैयाँ खाएको छैन । तीन लाख मना अन्टीलाई दिएकी छु” पवित्राले रेकर्ड गरेको अडियोमा रुँदै भनेकी छिन् । उनले आफूलाई श्रीमानले बस्न–खान र करन जोशीले पनि झुटो आरोप लगाएकै कारण मरेकी बताएकी छिन् । पवित्राले छोरी मनिसालाई हजुर आमाको घरमा बस्नु भनेकी छिन् ।


श्रीमानले आफूलाई विभिन्न आरोप लगाएर आफ्नो बेइज्जत गरेको अडियोमा भनेकी छन् । आफू मरेको खबर माइजुलाई सुनाइ दिनु भन्दै सम्झना आए फोटो आफ्नो फोटो हेरेर चित्त बुझाउन छोराछोरीलाई भनेकी छिन् ।
“छोरा आफ्नो बाटो आफै समात्नू । १० कठ्ठा जमिन छ, आफ्नो भाग लिनू। तिम्रो पढाइ यति नै हो” पबित्राले अन्तिममा भनेकी छिन् ।

दोस्रो श्रीमतीको रुपमा रहेकी पवित्राले भारतको निगडीमा हिजो आत्महत्या गरेकी हुन् । श्रीमानसँगै मजदूरी गरेर छोराछोरीलाई पढाउदै आएकी पवित्राका श्रीमान् र अडियोमा पबित्राले नाम लिएकी करनलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *