बिम्स्टेकः काठमाडौंमा आज बिजोर नम्बरका सवारीसाधन मात्र चल्ने

काठमाडौं, १३ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि बुधबारदेखि काठमाडौं उपत्यकामा जोर बिजोर अंकका आधारमा मात्र गाडी चल्न पाउने भएका छन् । यसअनुसार आज बुधबार बिजोर नम्बरका गाडी मात्र चल्न पाउँछन् ।

बुधबारदेखि र शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू भएको हानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बुधबार र शुक्रबार बिजोर नम्बर भएका गाडी र बिहीबार जोर नम्बरका गाडी मात्र चल्न पाउनेछन् ।

बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *