सन्तोष सेनको ‘चंखे-शंखे-पंखे’ देखि ‘प्रेमगीत-२’ सम्म ! अब कस्तो फिल्म आउँदैछ ?

काठमाडौं, १३ भदौ । २०७१ सालमा यो हाम्रो फिल्म नगरीमा एउटा नयाँ नाम र नयाँ ब्यानरको खुब चहलपहल भएको थियो । सामाजिक संजालका भित्ताहरु देखि सवारी साधनको भित्ताहरु सम्म¸ विभिन्न अनलाईन मिडियाहरु देखि अन्य सामाग्रीहरुमा त्यही नाम छरपष्टै देखिन्थ्यो (निर्माता सन्तोष सेन र आसुसेन फिल्मस ।

यी ब्यक्तिले आफ्नो यो ब्यानरमा निकै महंगो बजेटमा फिल्म निर्माण गर्दै थिए । चल्तापुर्जा निर्देशक सुदर्शन थापाको निर्देशनमा फिल्म ‘चंखे शंखे पंखे’ को ब्यापक प्रचार प्रसार गरिएको थियो । फिल्मको बजेट पनि निकै माथीको थियो । २०७२ सालमा यो फिल्म रिलिज पनि भयो तर त्यही वर्ष आएको विनाशकारी महाभुकम्पको कारण यो फिल्म हलबाट बाहिरियो र केही महिना पश्चात पुनः यो फिल्म हलहरुमा प्रदर्शनको लागि रिलिज गरियो ।

देशभक्तिको कथा समेटिएको यस फिल्ममा चारजना बेरोजगार युवाहरुको क्रियाकलाप देखाईएको थियो तर फिल्मले आशातित ब्यापार गर्न सकेन । फिल्म नचले पनि सन्तोष सेनको नाम फिल्म नगरीमा स्थापित हुनपुग्यो र पहिलो फिल्मबाट ब्यापार घाटा भएपनि उन्ले पुन थापा कै निर्देशनमा अर्को फिल्म निर्माणको घोषणा गरे र फिल्म निर्माण पनि भयो ।

सोफिल्मको थियो ‘प्रेमगीत’ । विशुद्ध प्रेमकथामा आधारीत भएर निर्माण भएको यस फिल्मको गीत संगीत फिल्म रिलिज अगावै निकै हिट भएका थिए । फिल्मले निकै राम्रो ब्यापार पनि गर्न सफल भयो र यस फिल्मले निर्माता सेनलाई कन्जुस्याई नगर्ने निर्माताको रुपमा थप स्थापित गराईदियो ।

काठमाडौ¸ पोखरा र मुस्ताङका रमणिय स्थानहरुमा छायांङ्कन गरिएको यो फिल्म हेर्नका लागि पनि निकै नै सुन्दर बनेको थियो । यस फिल्म दर्शकहरुले निकै रुचाईदिएपछि यहि फिल्मको सिक्वेलको रुपमा पुनः अर्को फिल्म निर्माण भयोः ‘प्रेमगीत २’ ।

​फिल्म ‘प्रेमगीत २’ पनि विशुद्ध प्रेमकथामा आधारीत फिल्म थियो तर यसमा प्रेमका विभिन्न उतारचढावहरु तथा बदलाको भावना लाई पनि मिसाईएको थियो । मुख्य नायकमा अघिल्लो फिल्मकै नायक प्रदिप खड्का दोहोरिएका थिए भने नायिकामा अश्लेषा ठकुरीले पहिलो पटक अभिनय गरेकि थिईन ।

‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’का स्क्रिप्ट राईटर रामशरण पाठकको काँधमा यस फिल्मको निर्देशनको जिम्मेवारी परेको थियो । एउटा नेपाली भाषी बर्मेली युवतीको नेपाली केटासँगको प्रेम अनि प्रेम प्राप्तिको लागी थाईल्याण्डमा गर्नुपरेको संघर्षलाई यस फिल्मलाई मुख्य विषय बनाईएको थियो । बर्मा देखि थाईल्याण्ड र नेपालको मुर्मा सम्मको प्रेमिले यात्रालाई यस फिल्ममा निकै आकर्षक ढंगले प्रस्तुत गरिएका कारण यस फिल्म वर्षकै सर्वाधिक सफल फिल्मको सुचिमा पर्न पनि सफल भयो ।

प्रेमकथामा धेरै फिल्महरु बने पनि यस फिल्ममा प्रेमकथालाई अलग्गै ढंगले प्रस्तुत गरिएको थियो । यसरी लगातार एकपछि अर्को फिल्म निर्माण गर्दै आएको आशुसेन फिल्मस र निर्माता सेन यस फिल्मको सफलता पश्चात साच्चै नै फिल्म उद्योगको एउटा दरिलो मेरुदण्ड बनेका छन् । अहिले त अवस्था यस्तो पनि आएको छ कि दर्शकहरु यस ब्यानरबाट अव अर्को फिल्म कहिले निर्माण हुन्छ भनेर सोच्न थालेका छन ।

यहि मेसोमा निर्माता सेन एउटा विल्कुलै अलग विषयमा आफ्नो चौथो कोशेलीको रुपमा मेरो मामु शिर्षकमा फिल्म लिएर यहि भाद्र १५ गते सिनेमा हलहरुमा आउदैछन । आमा र छोरा विचको सम्बन्धको बारेमा अनि एउटा कलिलो उमेरको बच्चाको मनोविज्ञानमा आधारीत रहेर यो फिल्म निर्माण भएको छ । बच्चा र आमाबीचको दुरीको कारण बच्चाहरुमा देखिने समस्या ईलेक्ट्रा कम्प्लेक्स लाई यस फिल्मले उठान गरेको छ ।

​आमा र छोराकोबीचको सम्बन्ध¸उतारचढावको बारेमा धेरै फिल्म बने होलान विदेशमा । यहा पनि केहि एकाध फिल्म बनेका छन तर एउटी महिला किन आमा बन्न चाहन्छे ?

कस्तो सन्तानको आशा राख्छे ? कति सम्म त्याग गर्ने सक्छे आफ्नो सन्तानको लागी ? सन्तान जन्माएर मात्र आमा कहलिन्छे वा कहलिन्न ? अन्य बच्चामा पनि आफ्नै सन्तानको प्रतिविम्ब देख्छे या देख्दिन ? अनि एउटा बालक जो आफ्नो जन्मदिने महिलामा मात्र आमाको रुप देख्छ ? अरु महिलालाई किन नकारात्मक देख्छ ? शब्दमा शाब्दिक तर्कहरु प्रस्तुत गर्न नसके पनि उस्ले कस्तो खालको ममता चाहेको छ ?

जो आफुसंग छैन किन उसैलाई मात्र सम्झिन्छ र जस्ले अगाध माया गर्छे उस्मा किन आमाको रुप देख्दैन ? यिनै एउटि ममतामयी आमा र अबोध बालक विचको अन्तरद्धन्द¸ माया खोजिरहेको मायाको भोको र माया बाडन नपाएकी महिला विचको मनोबैज्ञानिक कारणहरुमा केन्द्रित रहेर निर्माण हुदै गरेको फिल्म हो ‘मेरो मामु’ । के बच्चा जन्माउनु मात्र आमा बन्नु हो त ? आमा शब्दको परिभाषा बयान गरेर साध्य छैन । किन र के कारण ले एउटा बच्चाले अरु महिलामा आमाको रुप देख्न सक्दैन ? के चाहन्छ उ ? आफ्नो लागी अहोरात्र मरिमेटने महिलालाई किन उ आमा भन्न सक्दैन ? किन सम्बन्ध टिक्न सकिरहेको छैन ? यि यावत प्रश्नहरुको सहज उत्तर हो यो चलचित्र ।

स्क्रिप्ट लेखनमा निकै समय खर्च गरेको आसुसेन फिल्मसले यस फिल्मलाई अब्बल बनाउन कुनै सम्झौता नगर्ने बताएको छ । फिल्म मात्र ढाईघण्टा मनोरन्जनको लागी मात्र नभएर हलबाट निस्किसकेपछि त्यसबाट केहि कुरा सिकेर जिवनमा लागु गर्न सके मात्र सम्बन्ध मजबुत हुन सक्नेछ । प्रस्तुतिकरण कस्तो छ¸ मेरो मामु शिर्षकलाई कसरी परिभाषित गरिएको छ¸ भाद्र १५ गते पक्कै पनि हामिले नियाल्न पाउने नै छौ ।

अहिलेलाई यति भनौ प्राविधिक रुपमा अब्बल हुदै गएको हाम्रो फिल्म उद्योग राम्रो कथा बाचनमा पनि आउन थालेको छ र यहि राम्रो कथा बाचन गरिएको फिल्म हो ‘मेरो मामु’¸ निर्माता सेन ले बताए । कथा फिल्म मुटु¸ पटकथा मेरुदण्ड हो निर्देशक फिल्मको मगज हो¸ निर्माता पोषक तत्व हो जस्ले स्वस्थ मुटु र दरिलो मेरुदण्डलाई सदा बलियो राख्न मद्धत गर्दछ ।

फिल्म उद्योगका यति पोषिला निर्माता सन्तोष सेनले पक्कै पनि यो फिल्मलाई मन छुने किसिमले निर्माण गर्नेमा कुनै शंका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *