काठ तस्कर गर्दै गरेको अवस्थामा पक्राउ परेका सशस्त्र प्रहरीकाउपरीक्षक भण्डारी बर्खास्त

१३ भदौ । काठ तस्कर गर्दै गरेको अवस्थामा पक्राउ परेका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी बर्खास्त भएका छन् ।

पदीय जिम्मेवारीका दुरुपयोग गरी प्रहरी संगठनको छविमा आँच पुर्याउने काम गरेको भन्दै गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी नियमावलीको नियम ११५ को उपनियम १ अनुसार उनलाई सेवाबाट बर्खास्त गरेको हो ।

भण्डारी गत २१ जेठमा १८४ थान सालको काठ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा धनकुटाको साँघुरीगढी गाउँपालिकास्थित मुलघाटाबाट पक्राउ परेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *