बिमस्टेकः भुटान र श्रीलंकाका कार्यकारी प्रमुख आज आउँदै

काठमाडौं, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास ९बिमस्टेक० को चौथो बैठकमा सहभागी हुन विदेशी पाहुना आउने क्रम सुरु भएको छ ।

विमस्टेकमा सहभागी हुन भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषद्का प्रमुख सल्लाहकार छिरिङ वाङचुक केही बेरमा आउँदै छन् । आजै दिउँसो साढे २ बजे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आइपुग्नेछन् । विशिष्ठ पाहुनाको आगमनको समयमा आधा घण्टा विमानस्थलको नियमित उडान बन्द रहनेछ । यसअघि हिजो म्यानमारका राष्ट्रपति मिन्ट काठमाडौं आइपुगेका छन् ।

हिजो युबि ७०८ विशेष विमानबाट म्यानमारका राष्ट्रपति मिन्ट काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति मिन्टलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभूवन विमानस्थलमा स्वागत गर्नुका साथै सेनाको एक टुकुडीले सम्मान गारत दिएको थियो । मिन्ट आजै भगवान गौतम बुद्धको जन्मस्थली लुम्बिनी पुगेर विशेष पूजा गर्नु हुने कार्यक्रम छ । सम्मेलनकै दिन अर्थात भोलि बिहान तीन मुलुकका सरकार प्रमुख नेपाल आइपुग्नेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुध चान ओ चा को अवतरणका क्रममा बिहान साढे २ घण्टा बिमानस्थलका नियमित उडान बन्द रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *