निर्मला बलात्कार र हत्या प्रकरणः दोषी लुकाउन निर्दोष किशोरीलाई चरम यातना

काठमाडौं, १३ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यारालाई लुकाउनका लागि निर्दोष किशोरीलाई चरम यातना दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

समाचारका अनुसार दोष लुकाउनका लागि किशोरी हेमन्तीलाई चरम यताना दिएको हो । ‘मलाई क्याम्पसबाट सहपाठी र शिक्षकहरूकै अगाडि घिच्याएर लगियो । टाउको तल खुट्टा माथि बनाएर यातना दिइयो ।

तर, जब म क्याम्पस फर्कें, सहपाठी कोही पनि मसँग बोलेनन् । हिरासतमा भन्दा कक्षाकोठामा बढी पीडा भयो,’ किशोरी हेमन्ती भट्टले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *