सुत्‍केरी आमाले नै गरीन आफ्नी ११ दिनकी छोरीको हत्या

 गोरखा । गोरखाको सिरान्चो गाउँपालिका २ खमारीमा गत बिहीबार न्वारनकै राति वालिका वेपत्ता भएकी थिइन ।न्वारनकै दिन खमारीका सबल भण्डारीकी ११ दिनकी छोरी वेपत्ता भएकी हुन ।

बेपत्ता भएकी वालिकालाई उस्कै आमा अर्थात सबल भण्डारीकी श्रीमती रश्मी भण्डारीले मारेको खुलासा भएको छ। अन्तरजातिय विवाह गरेकी रश्मीले आफ्नी छोरी हराएको भनेर राती १२ बजे नै गाउँलेलाई भनेकी थिइन राती १२ बजे तिर छोरी बोकेर बुहारी यता र उता हिँडेको सासुले देखेको बताएकी छिन् । पछि छोरीलाई सुताएर ममी म ट्वाइलेट गएर आउँछु भनेर खाडल खनेर आएको र त्यहीँ खाडलमा बच्चा हालेको बताएको छ ।

रश्मीले विहिबार राती शौचालय जाने निहुँ पारेर छोरीको हत्या गरेको प्रहरी अनुसन्धानले जनएको छ । घटनाको अनुसन्धना पछि गोरखा प्रहरीले मंगलबार उनकै आमाले मारेको पुष्टि गरेको हो। वालिका बेपत्ता भएको खबर पाए लगत्तै प्रहरीले उनका बाबु, आमा, हजुर आमा लगायत परिवारका सदस्यहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।

निकै अनुसन्धान पछि आफैँले छोरी मारेको स्वीकार गरेपछि हत्यारा आमालाई मंगलबार गोरखा प्रहरीले सार्वजनिक गरेको छ।गोरखा प्रहरी कार्यालयका अनुसार हराएको बच्चा घर पछाडी मुला रोपेको बारीमा खाल्डो खनेर, कपडामा बेरेर, बोरामा हालेर गाडेको पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *