म्यानमारका राष्ट्रपतिको स्वागत गर्न रक्षामन्त्री पोख्रेल पुगे

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ( बे अफ बङ्गाल इनिसियटिभ फर मल्टी सेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेसन) सम्मेलनमा सहभागी हुनको लागि नेपालमा पाहुनाहरू आउने क्रम शुरु भएको छ ।

भदौ १४ र १५ गते काठमाडौँमा हुन गइरहेको उक्त सम्मेलनमा नेपाल, भारत, भुटान, म्यानमार, बंगलादेश, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख या सरकारप्रमुखको सहभागी हुनेछ ।

सोही सम्मेलनमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति युमिन मिचलाई रक्षामन्त्री ईश्वर पोख्रेलले स्वागत गरेका छन् । राष्ट्रपति मिच सोल्टी होटेलमा बस्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *