एउटै खोलामा बगेका दम्पति मध्ये एकको शव फेला

 रामेछाप । सोमबार साँझ खोला तर्ने क्रममा बगेका लिखु तामाकोशी गाउँपालिका वडा नम्बर –५, नागदहका लिलाबहादुर तामाङको शव फेला परेको छ ।

सोमबार साँझ गोठमा बाँधेका गाईबस्तुलाई थुनेर घर फर्कने क्रममा गैरीखोलाले लिलाबहादुर र उनकी ४४ वर्षकी श्रीमती रणमाया तामाङलाई बगाएको थियो । अविरल वर्षातका कारण दिनभर पानी परेका कारण गैरीखोलामा वाढी आएको थियो । बेलुका अबेरसम्म पनि दम्पती घर नफर्किएपछि परिवारका सदस्यहरुले उनीहरुको खोजी गर्न इलाका प्रहरी कार्यालय धोवीमा जानकारी गराएका थिए ।

मगंलबार दिउँसो मात्र ३६ वर्षीय लिलाबहादुरको शव श्रीपञ्चमी भन्ने स्थानमा फेला परेको थियो । श्रीमती भने अहिले सम्म फेला परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *