काठमाडौं । आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने बिम्स्टेक बैठकलाई मध्यनजर गर्दै उपत्यकाका सम्पूर्ण विद्यालय तथा क्याम्पस बन्द गर्ने निर्णय गरिएको छ। गृह मन्त्रालयको सुरक्षा महाशाखाको आज बसेको बैठकले आगामी १४ र १५ गतेका लागि सबै विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयका अनुसार उपत्यकाको ट्राफिक तथा सुरक्षा व्यवस्थालाई मध्यनजर गरी सो निर्णय गरिएको हो ।
ट्राफिक व्यवस्थापनका लागि भन्दै उपत्यकाभित्र भोलिदेखि नै जोरविजोर प्रणालीमा सवारी चलाउने व्यवस्था मिलाइएको छ। महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाडौंका सडकमा भोलि विजोर र पोर्सी जोर नम्बरका सवारी साधनहरु चल्नेछन्।