म्यानमारका राष्ट्रपति विन मिन्त राजधानीमा

काठमाडाँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्त विशेष विमानबाट आज अपराह्न राजधानी आइपुगेका छन् । ।

राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । म्यानमारका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

राष्ट्रपति विनलाई म्यान्माका लागि नेपाली राजदूत भीम उदास, नेपालका लागि म्यान्माका राजदूत थिरी प्यान चि यु तुन ने लिन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *