हुलाक सेवा प्रविधिमैत्री बनाइने

ललितपुर– कुनै समयमा सबैभन्दा बढी प्रयोगमा आएको सञ्चारको साधन हुलाक सेवा अहिले छिटो र प्रविधिमैत्री बन्न थालेको छ । सेवाग्राहीलाई छिट्टो र गुणस्तरीय सेवा दिनका लागि हुलाक सेवाले आधुनिक प्रविधि प्रयोग गरेर सो सेवा दिन थालेको हो ।

कुनै पनि सेवाग्राहीले आफ्नो पत्र आएनआएको र नआइपुगे कुन ठाउँमा अल्झिएको छ भन्ने जानकारी पाउन सक्ने जिल्ला हुलाक कार्यालयकी प्रमुख बिमला कार्कीले बताउछिन् । उनी भन्छिन् “अहिले प्रविधिको समय भएको र सेवाग्राहीले पनि छिटै सेवा चाहने भएकाले आधुनिक प्रविधिको प्रयोग गरिएको छ । ”

केही वर्षदेखि हुलाक कार्यालयले व्यक्ति वा संस्थालाई उसको पोष्ट बक्समा चिठी आउँदा मोबाइलमार्फत जानकारी गराउँदै आएको उल्लेख गर्दै कार्यालय प्रमुख कार्की बताउछिन् , “यसले गर्दा सेवाग्राहीलाई सहज हुनाका साथै ߮अहिले पत्र आयो कि छैन भन्दै पोष्टबक्स खोल्न धाइरनुपर्दैन मोवाइलमा जानकारी आएपछि यहाँ आएर पत्र सङ्कलन गर्न सकिन्छ ।

दु्रत सेवा र रजिष्ट्री गरेर पठाइने पत्र कहिलेकाहिँ ढिलो हुँदा कुन ठाउँमा पुगेको छ भन्ने सेवाग्राहीले जानकारी पाउनसक्छन् । हुलाक कार्यालयसँग पत्र कहाँ पुग्यो भन्ने पत्ता लगाउनसक्ने प्रविधि पनि छ ।
रजिष्ट्री र द्रुत सेवामार्फत पत्र पठाउने व्यक्तिबाट पाउनेसम्म पुग्नका लागि समयावधि पनि तोकिएको छ, द्रुत सेवामार्फत ४८ घण्टाभित्र पत्र पाउने व्यक्तिसम्म पुग्छ । नेपालबाट यो सेवा ३८ देशमा पुग्छ भने रजिष्ट्री पत्र पुग्नका लागि सातदेखी १० दिन तोकिएको छ । अरु देशका तुलनामा भारतमा चिठी पुग्नका लागि समय बढी लाग्छ । कार्की भन्छिन्, “सबै पत्र पहिले दिल्ली भएर मात्रै अरु प्रदेशमा पुग्ने हुनाले नजिकको देश भए पनि भारतमा चिठी पुग्न समय लाग्छ ।”

कार्यालयमा गतवर्ष झण्डै चार हजार ५ सय आन्तरिकबाट र नौ सय सठी विदेशबाट चिठी आएका थिए । वर्षभरमा झण्डै पाँच हजार रजिष्ट्री आएको कार्यालयले जनाएको छ । कार्यालयले नौ शाखा कार्यालय र शाखा कार्यालय अन्तर्गतका अतिरिक्त हुलाक कार्यालयबाट सेवा दिइरहेका छन् । कार्यालयमा अहिले झण्डै चार सय पोष्ट बक्स छन् । जस्मा ब्यक्तिगत भन्दा संस्थागत बढी रहेको यहाँ कार्यरत कर्मचारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *