६६ वर्षीय बृद्धद्वारा १३ वर्षीया बालिका बलात्कृत

काठमाडौं / धनगढीमा फेरि अर्की बालिका बलात्कृत भएको खुलासा भएको छ । बलात्कारको आरोपमा सोही स्थानका अन्दाजी ६६ वर्षका कृष्ण बहादुर खडायतलाई प्रहरीले पक्राउ गरेको छ ।

स्कुलबाट घर आउँदै गरेकी बालिकालाई चस्मा हराएको बाहानामा अभियुक्त खडायतले गाँउ नजिकैको सेहरी जंगलमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसंन्धानमा खुल्न आएको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले बताउनुभयो । आर्थक रुपमा कमजोर पारिवारिक अवस्था भएकी बालिकाको परिवारलाई अभियुक्त खडायतले दुई हजार नगद दिई घटना गाँउमै मिलापत्र समेत गराएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसंन्धानका लागि पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको छ ।

घटना भाद्र १० गते साँझ घटेको भएपनि स्थानियले दिएको बिषेश सुचनाको आधारमा प्रहरीले अभियुक्तलाई मंगलबार दिउँसो घरबाटै पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *