भोजपुर । भोजपुरमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो ।
गएराती खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । परिवारले थाहा पाउने डरमा हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
आमा धनमनी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएका मृतक बालिकाको घरमा लामो समयदेखि सञ्जय राई बस्दै आएको स्थानीयले बताएका छन् । त्यो दिन पनि चौकीडाँडाको गोथेबजारबाट खच्चडमा किराना पसलका सामान ल्याएर साँझामा बास बस्न आएा थिए ।
बालिकाको हत्या गरेको आरोपमा सञ्जयलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानका लागि सञ्जयलाई जिल्ला प्रहरी कार्यालय लगिने भएको छ ।