विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी

काठमाडौँ,१२ भदौ–सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सकेका छन् ।केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान १० बजेसम्मको अभिलेखअनुसार उनले २८ घण्टा बोली बोलीसकेको अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जनाकारी दिए । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने लक्ष्य राखेका छन् ।

अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोले पनि प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण गरेन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख छ । विगतको गल्तीबाट सिकेर यस वर्ष नयाँ कीर्तिमानको तयारी थालिएको केसीले बताए । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानमा लागि तालीमसमेत दिने गरेका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नारा नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *