७ जनाको समुहद्वारा एक युवतीको सामूहिक बलात्कार

सप्तरी,१२ भदौ । सप्तरीमा एक युवतीको सामूहिक बलात्कार भएको छ । रक्षा बन्धनका दिन खडक नगरपालिकास्थित अर्नाहामा लाग्ने ‘राखी मेला’ भरेर फर्कने क्रममा राति करिब ९ बजे ती युवतीको बलात्कार भएको हो। घटनामा मादक पदार्थ सेवन गरेका ७ जनाको समुह संलग्न रहेको पीडितले जनाएकी छिन्।

७/८ जना साथीसहित मेला भर्न गएका बेला अचानक पानी पर्न थालेपछि उनीहरु तितरवितर भएका थिए। एक्लै घर फर्किने क्रममा अर्नाहा र कठौनाको बीचमा पर्ने वसन्तपुर भन्ने स्थानमा बाटो छेकेर एकान्त स्थानमा लगी उनीहरुले बलात्कार गरेको पीडितले बताएकी छिन्।

पीडितका परिवारले न्यायको माग गर्दै प्रहरीमा उजुरी गरेपछि घटना बारे थाहा भएको हो ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *