नयाँ मुलुकी ऐनको प्रभावः पुरुषद्वारा सम्बन्ध विच्छेदका मुद्दा दिने क्रम बृद्धि

हेटौंडा, १२ भदौ । नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका मुद्दामा सहजता प्रदान गरेसँगै पुरुषहरुद्वारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने क्रम बढेको छ । जिल्ला अदालत मकवानपुरमा ११ दिनमै सातजना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।

यसरी सम्बन्ध विच्छेद गर्न चाहने पुरुषहरुमा अधिका‌ंशतस् वैदेशिक रोजगारीमा गएर फर्केकाहरु तथा विभिन्न कारणले पत्नीसँग खटपट परेकाहरु रहेका छन्। विदेशबाट फर्केकाहरुले आफ्नो कमाइको रकम सबै श्रीमतीले अनावश्यक ढंगले खर्च गरेर सकेको, परपुरुषसँग लागेकोलगायत आरोप देखाउँदै मुद्दा दर्ता गराएका हुन्।

यही भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिताअनुसार पुरुषले पनि सिधै अदालतमा मुद्दा दर्ता गर्न व्यवस्था गरेको छ । स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र गरिने र सो हुन नसकेमा त्यहाँको सिफारिससहित अदालतमा मुद्दा दर्ता गर्नुपर्ने पुरानो कानुनी प्रावधानको अन्त्य भएकाले पुरुषबाट सीधै अदालतमा मुद्दा दर्ता गर्ने क्रम बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *