नेकपा निकट कानुन व्यवसायीको एकता

काठमाडौं, १२ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन र गणतान्त्रिक तथा प्रगतिशील कानुन व्यवसायी सङ्गठनबीच एउटै सङ्गठन बनाउनेबारे सहमति भएको छ । नयाँ गठित सङ्गठनको नाम ‘नेपाल कानुन व्यवसायी सङ्गठन’ राख्ने सहमति भएको एकता कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

नयाँ सङ्गठनको संयोजक र सहसंयोजकमा क्रमशः रुद्र नेपाल र दीनमणि पोखरेलको नाम प्रस्ताव गरिएको समेत उहाँले बताउनुभयो । सङ्गठनको कुल ४५ सदस्यीय नयाँ कार्यसमिति सहितको प्रतिवेदन पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई बुझाइएको छ ।

त्यसैगरी, नेकपा निकट नेपाल भूमिहीन सुकुम्वासी सङ्गठन र अखिल नेपाल सुकुम्वासी सङ्घबीच एकताका लागि सहमति भएको छ । एकतापछिको नाम ‘नेपाल राष्ट्रिय भूमिहीन सुकुम्वासी सङ्गठन’ राख्ने सहमति भएको छ । यो खबर आजको गोरखापत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *