पोखरामा बलिउड अभिनेता अर्जुन कपुर, प्रहरी अफिसरको भूमिकामा देखिदै

काठमाडौं, १२ भदौ । केही समय अघि एक दिनको लागी मात्र बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आइपुगेकी थिइन्, भने यति बेला बलिउडका अभिनेता अर्जुन कपुर पनि नेपाल आइपुगेका छन् ।

उनी फिल्म ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागि नेपाल आएका हुन् । गत सोमबार काठमाडौं अवतरण गरेका अर्जुन अहिले पोखरा सुटिङको लागि पुगिसकेका छन् । फिल्म ‘इण्डियाज् मोस्ट वान्टेट’मा अर्जुन एक प्रहरी अफिसरको भूमिकामा देखिदै छन् ।

यो फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरिरहेका छन् । नेपाल र दिल्लीमा छायाङ्कन हुने यो फिल्मको दिल्लीका सेड्युल सकिसकेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *