काठमाडौँ,११ भदौ । साफ च्याम्पियनसिपका लागि राष्ट्रिय खेलाडीको घोषणा भएको छ । सेप्टेम्बरको पहिलो साताबाट बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपका प्रशिक्षक बालगोपाल महर्जनले विराज महर्जनको कप्तानीमा २० सदसिय टिमको घोषणा गरेका हुन्।
नेपाली टोलीको मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोट गरेको नेपाली टोलीमा निराजन खड्का र सुमन अर्याल अन्तिम २० मा स्थान बनाउँदा जर्ज प्रिन्स कार्की र कमल श्रेष्ठ टिमबाट बाहिरिएका छन्।
२९ सदस्यीय टोलीबाट अन्तिम २० सदसिय खेलाडीहरूको छनोट गरिएको हो। साफ च्याम्पियनसिप आगामी सेप्टेम्बरमा बंगलादेशको ढाकामा सु हुँदै छ । नेपाल अहिले सम्म प्रतियोगिताको उपाधि जित्न असफल रहँदै आएको छ।
नेपाली टिम
