सामुदायिक वनमा अवैध रुपमा रुख कटान

झापा,११ भदौ– कनकाई नगरपालिका–२ जामुनखाडी सामुदायिक वन तथा सिमसार क्षेत्रमा अवैध रुपमा रुख कटान गरिएको छ । उक्त वनमा साल र सिसौका रुख काटिएको पाइएको छ । वनमा भेटिएका काठको गोलियाको कुनै लगत र कागजपत्र छैन । सेक्टर वन कार्यालय सुरुङ, उपभोक्ता समितिका पूर्वपदाधिकारी र उपभोक्तासहितको टोलीले सो वनको अनुगमनका क्रममा अवैध रुपमा रुख कटान गरेको पाइएको कनकाई–२ का उपभोक्ता दीपक चापागाईले जानकारी दिए । “रुख कटान गर्ने निर्णय गरिएको छैन, प्रक्रियासमेत पु¥याइएको छैन,” उनले भने

वनमा साल ३५ क्युफिट र सिसौ ९५ क्युफिट भेटिएको छ । उक्त काठ उपभोक्ताको रोहवरमा मुचुल्का बनाई वनमै छाडिएको सेक्टर वन कार्यालय सुरुङका प्रमुख शिवनारायण यादवले बताएका छन् । रुख कटानीबारे अनुसन्धान भइरहेको छ । उक्त वनको एक वर्षदेखि आन्तरिक लेखा परीक्षणसमेत गरिएको छैन । तीन/तीन महिनामा लेखा परीक्षण गर्नु पर्ने नियम छ । वन समूहका अध्यक्ष ख्याम सिटौलाले जङ्गलमा ढलेका रुखको काठ सुरक्षित राख्न गोलिया बनाएर राखेको र सिमसार क्षेत्रमा टहरा जीर्ण भएकाले मर्मत गर्न तथा थप टहरा निर्माण गर्न काठ चिरान गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *