मापदण्ड विपरितका मेडिकल कलेज खारेज गर : नेता भट्टराई

काठमाडौँ,११ भदौ । मापदण्ड विपरितका सबै मेडिकल कलेज खारेज गर्न सरकार सँग माग गरेका छन् । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरित संचालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग पुनः माग गरेका हुन ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा संचालित सबै मेडिकल कलेजहरुको छानवीन गरी मापदण्ड विपरित रहेका सबै कलेज तत्काल खारेज गर्नु पर्ने बताएका छन् ।

निजी क्षेत्रबाट संचालित शिक्षा र स्वास्थ्य संस्थाहरु बन्द गर्ने तयारीमा सरकार रहेको जनाउदै नेता भट्टराईले सबै नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व लिन सरकार प्रतिवद्ध रहेको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *