पूर्व लडाकू लेनिनलाई विमानस्थलबाट किन फर्काइयो भन्दै प्रधानमन्त्रीले गृहमन्त्री सँग मागे स्पष्टिकरण

काठमाडौं,११ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका पूर्व लडाकू लेनिन विष्टलाई विदेश जाने क्रममा विमानस्थलबाटै फर्काइएको बारेमा गृह मन्त्रालयलाई लिखित स्पष्टिकरण सोधेका छन् ।

एक कार्यक्रममा वक्ताका रुपमा सहभागी हुन थाइल्याण्ड जाने क्रममा बिष्टलाई त्रिभुवन विमानस्थलबाट अध्यागमन विभागले रोकेको थियो ।

बिष्टलाई रोक्नुको कारण २४ घण्टाभित्र लिखित रुपमा पेश गर्न प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

गैरकानुनी रुपमा व्यक्तिका कुनै पनि अधिकार र स्वतन्त्रता हनन हुन नहुनेमा आफू दृढ रहेकाले त्यस्तो कुनै कमीकमजोरी गृह मन्त्रालयबाट भए नभएकोबारे यथार्थ बुझ्न आफूले लिखित स्पष्टिकरण सोधेको प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालय ले जनाएको छ।

अध्यागमन विभागले अनुमति नलिइकन विदेशमा हुने कार्यक्रममा सहभागी हुन लागेकाले बिष्टलाई रोक्नुपरेको जिकीर गरे पनि यसले नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार उल्लंघन भएको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले गृह मन्त्रालयलाई स्पष्टिकरण मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *