भारतमा लगेर किशोरीलाई बेचेको भन्दै ३ जना पक्राउ

अर्घाखाँची,११ भदौ । अर्घाखाँचीमा किशोरीलाई भारतमा लगि बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
१६ वर्षीया किशोरी बेचेको आरोपमा सितगंगा नगरपालिका वार्ड नं। ३ खसर्का बस्ने प्रकाश पौडेल र नवराज पौडेल र पाणिनी गाउँपालिका वार्ड नं। ४ बस्ने एलिसा घिमिरे पक्राउ परेका हुन् ।

अनुसन्धानको क्रममा किशोरीलाई ललाइफकाई दार्जीलिङ पुर्‍याएको देखिएपछि तीन जनालाई प्रकाउ गरीएको थियो ।
तीनै जनालाई अर्घाखाँची जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *