कति कमायो ‘नाइँ नभन्नू ल ५’ ले तीन दिनमा

काठमाडौँ,११ भदौ । विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ५’ले बक्स अफिसमा अनपेक्षीत व्यापार गरिरहेको छ।अनुभव रेग्मी, सेड्रिना शर्मा, स्वस्तिमा खड्का, अभिषेक नेपाल, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दिलीप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङको अभिनय रहेको फिल्मले ३ दिनमा २ करोड २० लाखको व्यापार गरेको छ ।

शुक्रबार रिलीज भएको चलचित्रले , शनिबार र आइतबार पनि सार्वजनिक बिदा परेका कारण राम्रो व्यापार गर्न सकेको हो । प्रदर्शनमा आएको पहिलो दिन अर्थात् शुक्रबार ४६ लाख रुपैयाँको ग्रस कलेक्सन गर्यो त्यस्तै शनिबार नेपालभरबाट एक करोड रुपैयाँमाथिको व्यापार गर्दै आइतबार फिल्मले ७४ लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ । फिल्मले हालसम्म दुई करोड २० लाख रुपैयाँ बढीको कलेक्सन गर्न सफल भएको छ।

विकास आचार्य र सामीप्यराज तिमल्सेनाको संयुक्त पटकथा रहेको फिल्ममा वसन्त सापकोटाको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन सँगै पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *