तेक्वान्दो खेलाडीहरुलाई विदाई

काठमाडौं,११ भदौ । ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई सभामुख कृष्णबहादुर महराले बिदाइ गरेका छन् । सोमबार बिहान सभामुखको सरकारी निवास वालुवाटारमा एक कार्यक्रमको आयोजना गरी नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई सभामुख महराले विदाई गरेका हुन ।

टोलीलाई अबिर माला लगाएर विदाइ गर्दै सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीहरुलाई आग्रहगरेका छन् ।

विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो । प्रशिक्षक, क्याप्टेनसहित २० जना सहभागी रहेकोटोली आज दिँउसो २ बजे दक्षिण कोरियातर्फ जान लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *