व्यानर टाँस्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

दाङ ११, भदौ– दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी अन्दाजी ४५ वर्षीय जोगीलाल चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उरहरी चोकमा व्यानर टाँग्ने क्रममा सोमबार बिहान सवा ११ वजेतिर चौधरीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा ज्यान गएको हो। मृतक चौधरी अमर माध्यमिक विद्यालय उरहरीका कार्यालय सहयोगी समेत हुन्। विद्यालयमा यसै वर्षदेखि सञ्चालन हुन लागेको पशु विज्ञान कोर्षको प्रचार प्रसारका लागी व्यानर टाँस्ने क्रममा विद्युत ट्रान्समिटरमा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। मृतक चौधरी लामो समयदेखि उक्त विद्यालयमा कार्यालय सहयोगी रुपमा काम गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *