ट्रकको ठक्करबाट एकको मृत्यु: स्थानीयबासी प्रदर्शनमा

काठमाडौं,११ भदौ– ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । घटना पछि ओखरपौवा तनावग्रस्त बनेको छ ।फोहोर बोकेको बा २ ख ६११८ नम्बरको ट्रकले बिहान करिब ५ बजेतिर ककनी गाउँपालिका–१, महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीको ज्यान लिएपछि ओखरपौवा तनावग्रस्त बनेको हो ।

स्थानीयले अहिले दुवैतर्फका गाडी रोकेर प्रदर्शन गरिरहेका छन् ।स्थानीयले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग राखेर प्रदर्शन गरेपछि सवारी आवागमन प्रभावित भएको ओखरपौवा प्रहरी चौकीले जनाएको छ । स्थानीयको प्रदर्शनपछि अहिले पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने दुवैतर्फका सवारी लामो जाममा फसेका छन् ।ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार कुवेर राउतले दुई पक्षलाई राखेर समाधान खोज्ने प्रयासमा प्रहरी लागेको जानकारी दिए ।

घटनाको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गरेका कारण फोहोर बिसर्जन कार्य समेत प्रभावित भएको छ । काठमाडौंबाट फोहोर बोकेर नुवाकोट पुगेका सबै गाडीहरु काठमाडौंतिर नै फर्किएका छन् ।उक्त घटनापछि काठमाडौंको फोहोर उठ्न पनि बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *