साथीको घर गएकी युवती फेवातालमा मृत फेला

पोखरा,११ भदौ । पोखराको फेवातालमा एक किशोरी मृत अवस्थामा भेटिएकी छन् ।
आइतबारदेखि बेपत्ता पोखराकी एक किशोरी फेवातालमा मृत फेला परेकी हुन ।

आइतबार दिउँसो ४ बजेतिर घरबबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत भेटिएकी हुन् ।

छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत लामिछानेको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको थियो । राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज गरेर उनी बेपत्ता भएको प्रहरीले बताएको छ ।

फेवा किनारमा झोला र मोबाइल भेटिएपछि नेपाल प्रहरीको रेस्क्यु टोलीले शव निकालेको हो । उनले फेवातालमा हाम फालेर आत्महत्या गरेको अनुमान गरिए पनि प्रष्ट भइसकेको छैन ।

साथीको घर जान्छु भनेर घर निस्किएकी सुस्मीताको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *