दुनियाकै ९ औँ धनी अभिनेता सलमानको ३० वर्ष बलिउडमा

काठमाडोँ,११ भदौ । बलिउडका सुपरस्टार सलमान खानले बलिउडमा डेब्यु गरेको ३० वर्ष पूरा भएको छ । ३० वर्षको अवधिमा बलिउडमा गड फादरको पहिचान समेत बनाइसकेका छन् ।

सलमान खानले सन् १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’ बाट बलिउड डेब्यू गरेका थिए । यस फिल्ममा अभिनेत्री रेखा र अभिनेता फारुख शेख मुख्य भूमिकामा थिए भने सलमान खानले सहायक भूमिका निर्वाह गरेका थिए । सलमानले फरुख सेखको भाइको भूमिका निर्वाह गरेका थिए । यो फिल्म निकै सुपरहिट भएको थियो र सलमानको भूमिका पनि दर्शले निकै रुचाएका थिए ।

त्यसको एक वर्षमै सलमानले फिल्म ‘मैने प्यार किया’ मा अभिनयको मौका पाए । यही फिल्मले सलमान खानलाई बलिउडको सुपरस्टार बनाइदिएको थियो ।

सन् २०१० मा प्रदर्शनमा आएको फिल्म ‘दबंग’ सलमान खानको करियरको टर्निङ पोइन्ट बन्यो । फिल्म ‘दबंग’ ले सलमानलाई बलिउड फिल्म उद्योगमा निकै उचाइमा पुर्यायो ।

आठ वर्ष यता देखि सलमान खानको फ्लप फिल्मले पनि बक्स अफिसमा एक सय करोडको आम्दानी सजिलै पूरा गर्दै आइरहेको छ । सलमान खानले बलिउड फिल्म उद्योगमा सुल्तानको उपाधि हासिल गरेका छन् ।

यति मात्रै होइन सलमान खानले विश्वभरीका अभिनेता मध्य धेरै आम्दानी गर्ने अभिनेताको सूचिमा ९ औं स्थानमा कब्जा जमाएका छन् । विश्व चर्चित फोब्र्स म्यागेजिनका अनुसार सलमान खानको एक वर्षको कमाई २३२।८३ करोड भरतीय रुपैयाँ हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *