एजेन्सी, ११ भदौ । अभिनेत्री कृति सेनन र अभिनेता सुशान्त सिंह राजपुतको अफेयरको चर्चा केही समय अघिसम्म निकै रोचक तरिकाले चलेको थियो ।

अहिले आएर यो जोडीको अफेयर टुटेको समाचार पनि आउन थालेको छ । रिपोर्टका अनुसार अहिले यो जोडी सँगै छैनन् । पिंकविलाका अनुसार यो जाडीको अहिले ब्रेकअप भइसकेको छ ।
अभिनेत्री कृतिलाई आफ्नो अफेयर अगाडि बढाउने मुडमा नरहेकी हुनाले चलिरहरेको आफ्नो रिलेशनसिपलाई समाप्त गरेकी छन् । यो जोडीको रिलेशन फिल्म ‘राब्ता’को सुटिङको समयबाट सुरु भएको थियो ।