टाइगर र ऋतिकको फिल्ममा मेरो भुमिका चुनौतीपूर्णः वाणी कपुर

नयाँ दिल्ली, ११ भदौ । अभिनेत्री वाणी कपुरले अभिनेता ऋतिक रोशन र अर्का अभिनेता टाइगर श्रफको एक्शन फिल्ममा उनको भुमिका चुनौतीपूर्ण रहनुका साथै रोमान्चक पनि रहेको बताएकी छन् । तर अहिलेसम्म यो फिल्मको नामक भने घोषणा गरिएको छैन । वाणी कपुर यस राज फिल्मसको (वाइआरएफ) परियोजनामा अभिनेता ऋतिक र टाइगरको साथमा देखिने छन।

वाणीले भनिन्, ‘म आफ्नो भुमिकाको बारेमा बताउन सक्दिन । तर यो मेरो लागि काफी नयाँ, चुनौतीपूर्ण र रोमान्चक हुनेछ ।’ फिल्मका निर्माता सिद्धार्थ आनन्दको यो फिल्मको अहिलेसम्म नाम जुराईएको छैन । यो फिल्म अक्टोवर २०१९ मा रिलिज हुनेछ । यो फिल्मको सुटिङ यसै महिनाबाट सुरु हुदैछ ।

ऋतिक र टाइगर निर्देशक सिद्धार्थ आनन्दको यसै फिल्मबाट सँगै देखिदै छन् । यो फिल्ममा कमालको एक्शन देखाईनेछ भने ठूलो बजेटमा निर्माण गरिएको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *