प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध उजुरी आह्वान

काठमाडौं, ११ भदौ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको आइतबारको बैठकले संवैधानिक परिषद्को पत्राचार अनुसार मिश्रको सुनुवाइका लागि सर्वसाधरण तथा सरोकारवालासँग उजुरी माग गरेको हो ।

भदौ ११ गतेदेखि २० गतेसम्म दश दिनको समयसीमाभित्र उजुरी दर्ता गरिसक्न समितिले आह्वान गरेको हो । संघीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले प्रस्तावित प्रधानन्यायाधीश मिश्रका सम्बन्धमा उजुरी भएमा दिनसक्ने गरी सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएको बताउनुभयो ।

घिमिरेले भन्नुभयो ‘भोलिबाट दश दिनको समय दिएर उजुरी दिन सक्ने व्यवस्था समितिले गरेको छ । उजुरीपछि सुनुवाइको थप प्रक्रिया अघि बढ्नेछ ।’ मिश्रका सम्बन्धमा कुनै उजुरी भएमा सरोकारवाला तथा सर्वसाधरण समेतले उजुरी दिन पाउनेछन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *