रियल लाइफ जोडी सौगात र श्रृष्टी बन्ने भए ‘मासु भात’को जोडी

काठमाडौँ,१० भदौ । वास्तविक जीवनमा प्रेममा रहेका सौगात र श्रेष्टीलाई लिएर ‘मासु भात’ चलचित्र निमार्ण हुने भएको छ ।
सञ्जिब न्यौपानेले निर्देशन गर्न लागेको चलचित्र वास्तविक जीवनमा समेत प्रेममा रहेका सौगात र श्रेष्टीलाई लिएर बन्न लागेको हो ।

चलचित्रका अन्य कलाकार र कथावस्तुको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइने भएको छ ।

‘दाल भात तरकारी’को निर्माण घोषणा भैसके पछि अब, ‘मासु भात’ नाममा चलचित्र बन्ने भएको हो । चलचित्र ‘लालपूर्जा’मा काम गरेपनि सौगात र श्रृष्टीले पर्दामा एकसाथ देखिने मौका भने पाएका थिएनन् । रियल लाइफ जोडीलाई लिएर चलचित्र बनाउने क्रम बढेको समयमा सौगात र श्रृष्टीलाई पर्दामा सँगै देख्न पाउदा दर्शकहरुले के कति रुचाउलान त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *