‘प्रकाण्ड’ थप तीन दिन थुनामा

नुवाकोट,१० भदौ । जिल्ला अदालत नुवाकोटले पुर्व मन्त्री एवं नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः तीनदिन थुनामा राख्न आदेश दिएको छ ।

स्काभेटरमा आगजनी गरेको आरोपमा काठमाडौंमा पक्राउ गरी नुवाकोट ल्याइएका ‘प्रकाण्ड’लाई गएको शुक्रबार पनि तीन दिन थुनामा राख्न आदेश दिएको थियो । आइतबार एक हप्ताको थुनामा राख्ने म्याद थप गर्न अनुरोध गरे पनि जिल्ला अदालतले जिल्ला अदालतले तीन दिन मात्र थुनामा राख्न म्याद थप गरेको हो ।

धमले–जिलिङ सडक स्तरोन्नतीको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुईवटा स्काभेटरमा आगो लगाइएको आरोपमा मुद्धा चलाउन नुवाकोट ल्याइएकोहो ।

विश्कर्मालाई गएको शनिबार काठमाडौंमा पक्राउ गरी राति नै नुवाकोट ल्याइएको थियो । अदालतमा म्याद थपको लागि लैजानेक्रममा विश्वकर्माले आफूलाई राजनीतिक प्रतिशोधको लागि मात्र पक्राउ गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *