पशुमा खोरेत रोग फैलिएर किसान चिन्तित

इटहरी,१० भदौ– सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा पशुमा खोरेत रोग फैलिएको छ । खोरेत रोग देखा परेपछि किसानमा पशु मर्ने त्रास बढेको छ । गाईमा सबैभन्दा बढी खोरेत देखिएको छ । दुई सयभन्दा बढी पशु चौपाया बिरामी परेको इटहरी–५ का बाबु घिमिरेले बताएका छन् । पशु प्राविधिकलाई जाँचका लागि बोलाएपनि रोग नियन्त्रणमा आउन नसकेको उनले बताएका छन् । रोग फैलिदै गएपछि किसान चिन्तित बनेका छन् । गाईवस्तुले घाँस नखाने र मुखबाट ¥याल काढ्ने गरेका छन् । रोगबारे जानकरी गराउँदा पनि पशु प्राविधिकले ध्यान नदिएको किसानको गुनासो छ । रोग लागेपछि गाईले दूध दिन छोडेको इटहरी हलगडाका लाल चौधरीले बताएका छन् । किसान आफैले पशुको उपचार गरिरहेका छन् । इटहरी उपमहानगरपालिकाका पशु प्राविधिक राजेशप्रसाद पौडेलले खोरेत रोगको सङ्क्रमणबारे किसानको गुनासो नआएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *