एसियाडमा चेलिमोले हात पारिन म्याराथनमा स्वर्ण पदक

काठमाडोँ,१० भदौ । इन्डोनेसियामा जारी एसियाडमा बहराइनको केन्यामा जन्मिएकी रोज चेलिमोले विश्व च्याम्पियन धाविका प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् ।

निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा पार गर्दै निकटम प्रतिस्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर स्वर्ण पदक जितेकी हुन् ।

चेलिमोले सन् २०१६ को रियो दे जेनेरियोमा ओलम्पिक अघि केन्या छाडेर बहराइनको प्रतिनिधित्व गरेकी थिइन् । तर त्यस पटक उनले आठौ स्थान हासिल गरेकी थिइन् । गएको वर्ष लन्डनमा भएको विश्व च्याम्पियनसीपमा उपाधि जितेकी थिइन् ।

जापानकी केइकी नोगामीले दोस्रो हुँदै रजत पदक जितिन् भने तेस्रो स्थानमा रहेकी उत्तर कोरियाकी कीम हे सोङले कास्य पदक पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *