छनौटको अन्तिम अभ्यास खेलमा नेपाललाई २१७ रनको लक्ष्य

काठमाडौँ,१० भदौ । नेपाललाई एसिया कप क्रिकेटको छनौटका लागि श्रीलंकाको कोल्ट्सले २१७ रनको लक्ष्य दिएको छ ।

अभ्यास खेलमा रहेको नेपालल सँग टस जितेर बेटींग गरेको कोल्ट्सलाई ४९।५ ओभर २१६ रनमा नेपालले अल आउट गराएको हो ।

शुरुमा निकै दबाबमा राखेको नेपालले अन्तिममा भने केही लय गुमाउन पुगेको थियो । ४४ रनमा ४ विकेट गुमाएको कोल्ट्सका मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए ।

नेपालका सोमपाल कामीले ३ तथा करन केसी र सागर पुनले दुई(र्दुइ विकेट लिए भने ललितनारायण राजबंशीले एक विकेट हात पारे ।

२ जना ब्याट्सम्यान रन आउट भए । दुवै जनालाई रोहित पौडेलले रन आउट गराएका हुन् । लगातार दुई अभ्यास खेल जितेको नेपालले आज तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि जित निकाले एशियाकपको छनौट खेल्न मलेसियामा जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *