प्रधानमन्त्री खानद्धारा सरकारी अधिकारीलाई पहिलो दर्जाको विमान प्रयोग गर्न रोक

काठमाडौँ,१० भदौ । पाकिस्तानमा सरकारी अधिकारीलाई पहिलो दर्जाको विमान प्रयोगमा रोक लगाइएको छ । पाकिस्तानका नयाँ राष्ट्रपति र प्रधानमन्त्रीसहितका सरकारी अधिकारीलाई पहिलो दर्जाको विमान प्रयोगमा रोक लगाइएको हो । मनलाग्दी खर्च गर्न थालेको भन्दै सरकारले सरकारी अधिकारीहरुलाई पहिलो दर्जाको विमान प्रयोगमा प्रतिबन्ध लगाइएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री इमरान खानको सक्रियतामा अब राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका सभामुख र मुख्यमन्त्रीहरुलाई पहिलो दर्जाको विमान प्रयोगको गर्न अनुमति नदिइएने भएको हो ।

त्यसका साथै उनीहरुलाई आफ्नो मन लागेको क्षेत्रमा खर्च गर्न पाउने नियममा पनि रोक लगाइएको छ । पूर्व प्रधानमन्त्री नवाज सरिफले एक वर्षमा ५१ अर्ब पाकिस्तानी रुपैयाँ बराबरको थप खर्च गरेका थिए । सो खर्च बचाउनका लागि प्रधानमन्त्री इमरान खानले यस किसिमको योजना अघि सारेका बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *