सन्नीले गर्ने भइन नेपाली फिल्ममा आइटम डान्स

काठमाण्डौ ८,भदौ– सन्नीसँग नेपाली नायक अनुप विक्रम शाहीको सिन रहने भनिएता पनि यति बेला निर्माण पक्षले सन्नीको चलचित्रमा आइटम गीत मात्र रहने बताएको छ । ए बी इन्टरनेसनलले पहिलो प्रस्तुति रहेको यो चलचित्रको नाम ‘पासवर्ड’ राखिएको छ । चलचित्रको ९८ प्रतिशत छायाङ्कन बेलायत र दुई प्रतिशत नेपालमा हुनेछ । यस चलचित्रमा विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, प्रवीण खतिवडा, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत फिल्मका मुख्य कलाकार हुन् । विक्की फिल्मका क्रिएटिभ निर्देशक समेत हुन् । चलचित्रमा अनुप विक्रम शाहीको भिलेनको भूमिकामा देखिन्दैछन् । सस्पेन्स, एक्सन र थ्रिलर जनरामा निर्माण हुने यस चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । सम्राट द्धन्द्ध निर्देशक समेत हुन् । चलचित्रमा संगीत अर्जुन पोखरेलको हुनेछ । करिब ३० करोड लगानीमा निर्माण हुन लागेको यस चलचित्रको सुटिङ आइतबारबाट लन्डनमा हुँदैछ । सुटिङको लागी २० जनाको टोली शुक्रवार नेपालबाट लन्डन जादैछन् । चलचित्रमा अमित बस्नेत र हिरल जोशी निर्माता हुन् । सौरभ लामाको छायाङ्कन हुने चलचित्रलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् । यस चलचित्रमा सन्नीको आइटम डान्सका साथसाथै उनको केही सिन चलचित्रका मुख्य नायक बिक्की जोशीसँग पनि रहेको निर्माण पक्षले बताएको छ । सन्नीले आइटम डान्सको लागि तिन करोड माग गरेको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *