साइन बोर्ड सुर्तीको, धन्दा अवैध गुटखाको

काठमाडौं,७ भदौ–काठमाडौंमा अवैध गुटखा फ्याक्ट्री फेला परेको छ । सो फ्याक्ट्रीमा प्रहरीले छापा मारेर शिलबन्दी गरेको छ भने दुई जना सञ्चालकलाई पक्राउ गरेको छ ।
काठमाडौंको लोलाङ हाइटमा अवैध गुटखा फ्याक्ट्री फेला परेको हो । बाहिर ‘शुभकामना सुर्ती उद्योग’को बोर्ड रहे पनि, भित्र भने बजारमा चलेका प्रायः सबै ब्राण्डका गुट्खा उत्पादन हुने गरेको पाइएको हो ।
भारतीय र नेपाली नागरिक मिलेर अवैध गुटखा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाको आधारमा सरकारी अनुगमन टोली र प्रहरीले संयुक्तरुपमा छापा मारेको थियो । फ्याक्ट्रीबाट अन्दाजी ३० लाख मूल्य बराबरको बिभिन्न ब्राण्डका गुट्खा, कच्चा पदार्थ, र्यापर, गुटखा बनाउने मेसिन लगायतका सामान बरामद भएको छ ।

प्रहरीले फ्याक्ट्री सञ्चालक दुई जनालाई कालिमाटीबाट पक्राउ गरेको छ । अर्का एक जना भने फरार रहेको प्रहरी स्रोतले बतायो । यसबारे जानकारी दिन अहिले केहीबेरमा लोलाङ हाइटमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *