नेपाल कला परिषदमा चिनियाँ चित्रकला प्रदर्शनी शुरु

काठमाडौँ,७भदौ– नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि चिनियाँ चित्रकला प्रदर्शनी आजदेखि नेपाल कला परिषद्, बबर महलमा शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उद्घाटन गर्दै चित्रकलाबाट चिनियाँ जनताको जनजीविका र प्रकृतिबारे जानकारी लिन सकिने बताएका छन् ।

कार्यक्रममा चाइना थ्री ग्रजेज विश्वविद्यालय, कला संस्थानका डिन थियान जिकावोले चीनको एक क्षेत्र एक मार्ग (वन वेल्ट वान रोड)को अवधारणाअनुसार आफूहरु चित्रकला प्रदर्शनी गर्न आएको बताएका छन् ।
प्रदर्शनीमा थ्री ग्रजेज विश्वविद्यालयका तीन जना प्राध्यापक झोउ चुआन्फा, वेई मिङ्गुओ र सिचाङ शिपिङको चित्रकला राखिएको छ । (सोफाज)को संयुक्त आयोजनामा भएको चित्रकला प्रदर्शनीमा चिनियाँको जीवनशैली र प्राकृतिक वातावरणबारे ३० चित्र राखिएका छन् । प्रदर्शनीमा तीन प्राध्यापकले चिनियाँ प्रविधिमा चित्रकला बनाउनसमेत सिकाउनेछन् ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *